काठमाडौं ।
सरकारले आन्तरिक ऋण उठाउने कामलाई तिब्रता दिएको छ । सरकारले मंगलबार ३५ अर्ब रुपैयाँको विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको हो ।
यो रकमसहित सरकारले अहिलेसम्म कुल १ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । विकास ऋणपत्रमार्फत नेपाल राष्ट्र बैंकले सरकारको ऋण उठाइ दिएको हो । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेपछि बैंकिङ तरलता बिस्तारै घट्न थालेको छ । तर बैकिङ प्रणालीमा हालसम्म तरलता भने अभाव भएको छैन । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा २८ अर्ब ९५ करोड रुपैयाँ अधिक तरलता रहेको छ । अहिले मुलुकमा लकडाउन भएका कारण ऋणको माग पनि छैन । त्यसैले तरलता अभाव नभएको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले चालु आर्थिक बर्षमा कुल १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये १ खर्ब २५ अर्ब ४३ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । राष्ट्र बैंकले अझै ७० अर्ब रुपैयाँ उठाउन बाँकी छ । सरकारले असार २८ गतेसम्म सम्पूर्ण आन्तरिक ऋण उठाइसक्ने छ ।





























प्रतिक्रिया