काठमाडौं ।
नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड सहयोग गरेको छ ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि नेपाल एसबिआई बैंकको तर्फबाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले ५० लाखको चेक माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका छन् ।
यसका साथै नेपाल एसबिआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ । साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ । नेपाल एसबिआई बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपालभरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रदान गदैं आएको छ ।





























प्रतिक्रिया