काठमाडौं । उद्योगी व्यवसायीले अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी वजेट ल्याउनुपर्ने बताएका छन् । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सो कुरा बताएका हुन् । अर्थतन्त्रको पुनरुत्थानका लागि औद्योगिक वातावरण निर्माण गर्ने र जनस्वास्थ्यको क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।
कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन भएपछि उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको र रोजगारीको अवसरहरु गुमेको अवस्थामा सरकारले वजेट मार्फत संरक्षण गर्ने नीति ल्याउन गोल्छाको सुझाव छ ।
उनले औद्योगिक वातावरण निर्माण गर्नका लागि विद्युत महसुलमा २० प्रतिशत छुट दिनुपर्ने, बैंकको व्याजदर हालको कायम भएको भन्दा ५ प्रतिशतले कम हुनुपर्ने, मूल्य अभिवृद्धि करलाई १३ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने र व्यक्तिगत आयकर तथा संस्थागत आयकरको दरलाई २० प्रतिशतले घटाए मात्र अर्थतन्त्र थप चलायमान हुन सक्ने बताए ।
त्यस्तै उनले भारत निकासिमा ५ प्रतिशत र तेस्रो मुलुक निकासीमा १० प्रतिशत नगद अनुदान सरकारले दिनुपर्ने माग आफुहरुको रहेको बताए ।































प्रतिक्रिया