काठमाडौं ।
कोरोना भाइरस प्रभावले ठूला पाँचतारे होटलहरु वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिनासम्म बन्द गर्ने होटल संघले निर्णय गरको छ।
आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो। गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदूरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशतका लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।
संघको बैठकले होटलमा कार्यरत कर्मचारीलाई ६ महिनासम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने समेत निर्णय गरेको छ । संघले गरेको निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन ०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको संघका अध्यक्ष राणाले बताइन् ।
कर्मचारीहरुलाई सहमति अनुसार असोजसम्म आधारभूत तलबको १२.५ प्रतिशत र सेवा शुल्क उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।





























प्रतिक्रिया