वाणिज्य बैंकहरुद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा

वाणिज्य बैंकहरुद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाणिज्य बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन अवज्ञा गरेपछि राष्ट्र बैंकले पत्र काटेको छ ।

राष्ट्र बैंकले यसअघि ०७६ पुष २७ गते भित्र सरकारी खाता अद्यावधिक गर्न वाणिज्य बैंकको नाममा परिपत्र गरेको थियो । तर वाणिज्य बैंकहरुले हालसम्म पनि सो सरकारी खाताहरु अद्यावधिक गरी कार्यान्वयन नगरेकाले १० दिनभित्र सम्पूर्ण सरकारी खाताहरुलाई अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यालय, महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैंकको सरकारी लेखा फाँट विभागमा जानकारी गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र विभिन्न स्थानीय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, ०७६ बमोजिम सो सरकारी खाताहरुलाई अद्यावधिक गर्न निर्देशन दिएको हो ।

Skip This
Skip This
Logo