‘निजी क्षेत्रको सहयोग स्वागतयोग्य’ : मन्त्री भट्ट

‘निजी क्षेत्रको सहयोग स्वागतयोग्य’ : मन्त्री भट्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निजी क्षेत्रको सहयोगका कारण आपूर्ति व्यवस्थामा सहज भएको बताएका छन् ।

नेपाल विज्ञापन संघको कार्यालयमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको राहत सामग्री बुझ्दै मन्त्री भट्टले विपदको समयमा निजी क्षेत्रले देखाएको सक्रियताले सरकारलाई आपूर्ति व्यवस्थापनमा सहज भएको बताएका हुन् । उनले लकडाउनको समयमा दैनिक उपभोग्य सामान आयात गरि घर घरमा सेवा दिनका लागि निजी क्षेत्रले देखाएको सक्रियता सह्रानिय भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले लकडाउनका कारण हातमुख समस्या भएका श्रमिक कामदारहरुको सहयोगका लागि ४ हजार प्याकेट राहत सामग्री उपलब्ध गराएको छ । महासंघकी अध्यक्ष भवानी राणाले मन्त्री भट्टलाई राहत सामग्री उपलब्ध गराएकी हुन् ।

राहतस्वरुप उपलब्ध गराइएको ४ हजार प्याकेट सामग्रीमा प्रतिप्याकेटमा १० किलो चामल र १ किलो दाल राखिएको छ । सो राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौ महानगरपालिका वडा नम्बर ३१, वडा नम्बर १६, उत्पीडित सुकुम्बासी वस्ती, वडा नम्बर ११ थापाथली, वडानम्बर १ र २०, अन्तराष्ट्रिय आप्रवासी समुदाय, मध्यपुर थिमी वडा नम्बर ३ र ६ , डोलेश्वर महादेव समिति, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरी जल चाइना गेट, पशुपति क्षेत्र आश्रम सबै, नवजीवन चिल्ड्रेन होम हात्तीवन ललितपुर लगायतका संघसंस्था मार्फत वितरण गर्ने व्यवस्था मिलाईएको अध्यक्ष राणाले जानकारी दिइन् ।

काठमाडौ आएर पढ्न बसेका बेखर्ची विद्यार्थीलाई पनि आवश्यकताको आधारमा राहत सामग्री वितरण गरिने उनले बताइन् ।

Logo