काठमाडौं ।
अमेरिकी डलरको भाउ फेरी बढेको छ । अहिले अमेरिकी डलरको भाउ बढेर १२२ रुपैयाँ पुगेको छ । केही समय १२० रुपैयाँमा रहेको डलरको भाउ फेरि १२२ रुपैयाँमा उक्लिएको हो । शनिवार र आइतबारका लागि राष्ट्र बैंकले १ डलर बराबर १२२ रुपैयाँ १८ पैसा तोकेको हो । यसअघि डलर १२२ रुपैयाँ ३४ पैसा पुगेर १२० रुपैयाँमा झरिसकेको थियो ।
चीनबाट फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका कारण डलरको भाउ बढेको हो । यसका साथै सुनको मूल्य पनि बढ्न थालेको छ ।
नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतावचढाब हुने वित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा बृद्धि हुन्छ । हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा बृद्धि हुन्छ । नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ ।
उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यस बाहेकका अघिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमूखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।
डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा बेहोर्नु पर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महंगो पर्न जान्छन् ।





























प्रतिक्रिया