वैशाख मसान्तसम्म बीमा शुल्क संकलन नगर्न निर्देशन

वैशाख मसान्तसम्म बीमा शुल्क संकलन नगर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बीमा समितिले बीमा कम्पनीहरुलाई आगामी वैशाख मसान्तसम्म बीमा शुल्क (प्रिमियम) संकलन नगर्न निर्देशन दिएको छ ।

समितिले यस अवधीमा ढिलो प्रिमियम तिरे वापतको ब्याज रकम पनि सबै मिनाहा गर्न निर्देशन दिएको छ । समितिले बिहिबार बीमा कम्पनीहरुका नाममा निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीको हकमा बीमा कम्पनीहरुले तत्काल सिर्जना हुने दावी भुक्तानीका लागि विद्युतीय माध्यमबाट निवेदन दिएमा समेत प्रक्रिया अघि बढाउन सकिने छ । त्यस्तै समितिले यस्तो अवस्था सामान्य भएपछि तत्कालै दावी भुक्तानी गर्न समेत निर्देशन दिएको छ ।

समितिले चैत महिनाभित्र नविकरण गरिसक्नु पर्ने बीमा अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नविकरणको समय पनि वैशाख मसान्तसम्म थप गर्न निर्देशन दिएको छ ।

Skip This
Skip This
Logo