कोरोना विरुद्धको सरकारी कोषमा २२ करोड जम्मा

कोरोना विरुद्धको सरकारी कोषमा २२ करोड जम्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ । सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिकरुपमा कोषमा रकम जम्मा भइरहेको जानकारी दिए । उनका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले ५० लाख, एक लाखभन्दा कम दिएकाबाट एक करोड नौ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिना बराबरको रकम उक्त कोषमा जम्मा गरिसकेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सो कोषमा २ करोड जम्मा गराएका छन् ।रासस

Logo