नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच/पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सङ्घीय सरकारको राहत कोषमा एक करोड सहयोग गरेको थियो ।

बैंकद्वारा राहत कोषमा रकम सहयोग
कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन् ।

सिटिजन्स बैंक प्रादेशिक कार्यालयले सात लाख र कृषि विकास बैंकले पाँच लाख राहत कोषमा जम्मा गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउतलाई दुवै बैंकका प्रतिनिधिले चेक हस्तान्तरण गरेका मुख्यमन्त्री सचिवालयले जनाएको छ ।रासस

Logo