काठमाडौं ।
सरकारले राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले गभर्नरको नाम सिफारिस गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
सिफारिस समिति सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले ३ जनामध्ये एक जनालाई गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।
तर, सरकारले एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म गभर्नर सिफारिस गर्न सकेको छैन । चैत ५ देखि राष्ट्र बैङ्कमा गभर्नरको पद खाली भएको छ । भने अहिले कामु गभर्नर चिन्तामणि सिवकोटीले राष्ट्र बैङ्कको जिम्मेवारी सम्हालेका छन् ।































प्रतिक्रिया