काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै नेपालकाे अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारि नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी यस्ताे सहुलियत दिने भएको हाे । अहिले कोरोनाले असर परेका क्षेत्रका ऋणिले अब चैत मसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सक्ने राष्ट्र बैकले जनाएको छ ।
यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् भने राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष आर्थिक प्याकेज ल्याउने तयारीमा रहेकाे बताएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँको पुन:कर्जा कोष बनाएकोमा अहिले बढाएर पुर्नकर्जा कोष ६० अर्बको पुर्याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ।





























प्रतिक्रिया