काठमाडौं ।
लघुवित्त वित्तीय संस्थाहरुले नयाँ कर्जा प्रवाहमा रोक लगाएका छन् ।
कोरोना भाइरसबाट बच्न सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु रोक्ने घोषणा गरेपनि लघुवित्त संस्थाहरुले नयाँ कर्जा प्रवाह स्थगित गरेको लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले बताए ।
नयाँ कर्जा स्थगित भएपनि यसअघि प्रतिबद्धता जनाइसकेकाले भने लगानी गर्न सक्ने संघले जनाएको छ । लघुवित्तका शाखा कार्यालयहरुमा स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गरेको संघले जनाएको छ । त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट बच्न संघले सबै लघुवित्त कम्पनीहरुलाई हात धुने साबुन पानी, स्यानिटाइजर तथा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।





























प्रतिक्रिया