नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, डलरको भाउ १२० नाघ्यो

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, डलरको भाउ १२० नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अमेरिकी डलरको भाउ लगातार बढिरहँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ ।

आइतबार अमेरिकी डलरको भाउ १२० रुपैयाँ ६८ पैसा पुगेको छ । एकै दिन डलर ४० पैसाले बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको हो । बिहीबार ११९ रुपैयाँ ११ पैसामा कारोबार भएको डलरको भाउ शुक्रबार १२० रुपैयाँ २८ पैसा पुगेको थियो । लामो समयसम्म ११४ रुपैयाँमा कारोबार भएको डलरको भाउ कोरोना भाइरसका कारण आकाशिन थालेको हो ।

नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतावचढाव हुने वित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि हुन्छ । नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ ।

उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यस बाहेकका अधिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमुखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।

डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा बेहोर्नुपर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महँगो पर्न जान्छन् ।

 

Logo