सिटिजन्स बैंकद्वारा ‘आसमान’ लाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा ‘आसमान’ लाई आर्थिक सहयोग प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘आसमान’ नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबिच एक लाखको चेक आसमानलाई हस्तान्तरण गरिएको हो ।

करिव २९ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन “आसमान” ले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरुको उत्थनमा प्रयोग गर्ने जनाएको छ । यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Logo