काठमाडौं ।
एन आई सी एशिया बैंकले ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोर्ड स्क्यान गरी कारोबार गर्ने ग्राहक र मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको हो ।
यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रूपैयाँसम्म र ग्राहकले १५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्ने छन् । यो योजना अन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ ।
एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ ।































प्रतिक्रिया