एकै दिन २ हजार ३ सयले घट्यो सुन, कति छ आजको भाउ ?

एकै दिन २ हजार ३ सयले घट्यो सुन, कति छ आजको भाउ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै घटेको छ । सुन आज २ हजार ३ सयले घटेको हो ।

गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन विहिबार १३ सयले घटेको थियो । शुक्रबार पनि सुन एक सयले घटेको थियो ।

आज सुन प्रतितोला ९३ हजार रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ६० रुपंैयाँले घटेको छ । १ हजार २७० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo