बैदेशिक रोजगारमा जाने कामदारको माग ७५ प्रतिशतले घट्यो

बैदेशिक रोजगारमा जाने कामदारको माग ७५ प्रतिशतले घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन भएको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न थालेका छन् । खाडी मुलुक कतारलगायतले नेपाललगायत अन्य देशबाट आउने कामदार आउनमा रोक लगाएका छन् ।

यसैगरी, साउदी अरब, मलेसिया, बहराईन, कुवेत, दुबई लगायतका मुलुकले पनि आ–आफना देशमा आउने कामदार रोक्ने तयारी गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल नेपालमा आउने कामदारको मागपत्रमा ७५ प्रतिशत कम भएको बताउँछन् । मागपत्र आउन धेरै मात्रामा कमी आएसँगै कामदार छनौट प्रक्रियाका लागि लिईने अन्तर्वार्ता रोकिएको समेत उनले बताए ।

रोजगारदाता मुलुकमा कोरोनाको संक्रमणको कारण रोजगारदाता नै अन्योलमा रहेको उनको भनाइ छ । यसको असर लामो समय लम्बिदै गए दीर्घकालीन रुपमा देशलाई नै ठूलो आर्थिक संकट उत्पन्न गराउन सक्ने उनी बताउँछन् । रोजगारदाता मुलुकले कामदार तत्कालका लागि रोक्ने निर्णयले मेनपावर व्यवसायीलाई समेत असर गरेको उनले बताए ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ विदेशमा जाने कामदार रोकिए देशमा आर्थिक रुपमा ठूलो असर पर्ने बताउँछन् । सरकारले सधैं भरी वैदेशिक रोजगारीको भरमा मात्रै परे देश कुनै दिन ठूलो संकटमा फस्न सक्ने उनले स्पष्ट पारे । स्वदेशमा रोजगारी नपाउने र विदेशमा पनि काम गर्न जाने अवस्था नभए सामाजिक विचलनदेखि चोरी डकैती र अपराधका घटना बढ्ने खतरा रहेको डा. गुरुङको भनाइ छ ।

कोरोनाको कारण नेपालमा सबैभन्दा बढी आर्थिक रुपमा कमजोर भएका विपन्न परिवारलाई पर्ने सक्ने खतरा उनले औंल्याए । अहिलेको अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रेमिट्यान्सले परिवारसँगै देशको अर्थतन्त्र चलेको अवस्थामा मुख्य स्रोत रेमिट्यान्स भित्रनमा कमी आउने वित्तिकै धेरै क्षेत्रमा असर पर्ने उनले बताए ।गोरखापत्रबाट

Skip This
Skip This
Logo