एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सम्झौता

एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच रेमिट्यान्स सम्झौता

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार सुरु भएको छ ।

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले लेगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआइसी एसिया रेमिटमार्फत भुक्तानी लिन सकिने छ  । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लेगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहनुभएका वहाँहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नुहुनेछ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको थियो । बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

Skip This
Skip This
Logo