‘श्रम स्वीकृती बन्द भएको छैन’ : श्रममन्त्री यादव

‘श्रम स्वीकृती बन्द भएको छैन’ : श्रममन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सञ्चार माध्यमहरुमा श्रम स्वीकृती तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भइरहेका बेला सरकारले भने कुनै निर्णय नभएको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृती बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताए । विश्वभरी नै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सार्वजनिक भइरहेको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताएका हुन् ।

‘‘स्वीकृति रोकिएको छैन । अहिलेको विषम परिस्थितीमा कुनै श्रमिकले दुःख नपाउन् । बाटैबाट फर्किन नपरोस् । ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन् भन्नका लागि गृह र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहको छ । चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ । औपचारिक कुनै निर्णय भएको छैन’, उनले भने, ‘२/३ वटा विकल्पमा यसलाई रि सेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ । मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ ।’’

आइतबारको मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको अध्ययन अनुमति पत्र वितरण भने बन्द गरेको छ । नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा संबाद लगायतका कार्यक्रमहरु पनि सरकारले तत्काललाई नगर्ने निर्णय गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका ७० भन्दा धेरै मुलुकहरुमा फैलिएको छ । यद्यपी नेपालमा भने कोरोनाको संक्रमण देखिएको छैन ।

Skip This
Skip This
Logo