ग्लोबल आइएमई बैंकद्वारा कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकद्वारा कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको सदुपयोग, आधुनिक बैंकिङ्ग, डिजिटल बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग र रेमिट्यान्स कारोवार सम्बन्धी जानकारी उपलब्ध गरिएको थियो ।

उक्त कार्यक्रममा वीरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क भण्डारी र बैंकको टिकापुर शाखाका शाखाप्रमुख प्रकाशदत्त भट्टको उपस्थिति रहेको थियो ।

Logo