चन्द्रागिरि हिल्सको आइपीओमा एकैदिन साढे ३ गुणा बढी आवेदन

चन्द्रागिरि हिल्सको आइपीओमा एकैदिन साढे ३ गुणा बढी आवेदन

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरी हिल्सको आइपीओ खुला भएकाे पहिलो दिन ४७ लाख ९६ हजार ७०० कित्ताको लागि आवेदन परेको छ । शुक्रबार २ लाख ३१ हजार ८९२ जना लगानीकर्ताले ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको ३.४३ गुणा बढी आवेदन हाे ।

चन्द्रागिरिको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।

Logo