काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज १ सयले घटेको हो ।
यस हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । बुधबार ३ सयले बढेको सुन आज १३ सयले घटेको थियो । आज पनि सुन एक सयले घटेको छ । यो हप्ता लागेसँगै सुनको मूल्य बढिरहेको भए पनि विहिबार र शुक्रबार भने ह्वात्तै घटेको हो ।
गत हप्ता शुक्रबार तोलामा ४ सय रुपैंयाँले बढेको सुन आइतबार स्थिर रहेको थियो । विहिबार सुन ९४ हजार १०० रुपैंयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला ९५ हजार ३०० रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी १ हजार ३३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





























प्रतिक्रिया