एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाखसम्म फाइदा

एनआईसी एशिया बैंकमा खाता खोल्दा २ लाखसम्म फाइदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला ? आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एनआईसी एशिया बैंकसँग आबद्ध हुने ग्राहकका हकमा भने उनीहरूले अनुमान गरेभन्दा बढि पाउनेछ र वास्तवमै ग्राहक महानुभावले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय छ ।

एनआईसी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहक महानुभावहरूले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रूपैयाँदेखी २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।
बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभसमेत खातावालाले पाउनेछन् ।

खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहक महानुभावले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्नुहुन्छ भने उहाँलाई करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक महानुभावलाई ८७ हजार रूपैयाँसम्मको फाइदा हुन्छ ।

३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत देशको सर्वाधिक ठूलो वित्तीय सञ्जाल मार्फत ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेकाले यस एनआईसी एशिया बैंकले असिमित सुविधा तथा अतुलनीय फाइदा भएको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरू अन्तर्गत ग्राहक महानुभावरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै भविष्यमा आइपर्न सक्ने चुनौतीको पनि सामना गर्न आकर्षक बीमा योजनाहरू उक्त बचत योजनाहरूमा समावेश गरेको छ ।

Skip This
Skip This
Logo