सिटिजन्स बैंक ऋणपत्र २०८६ चाँडै बजारमा आउँदै

सिटिजन्स बैंक ऋणपत्र २०८६ चाँडै बजारमा आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब ५० करोड बराबरको “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निष्काशन गर्ने भएको छ ।

त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । २ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र १ हजार अंकितमूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगतबाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले प्रदान गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Logo