राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन, पोखरेलका सम्धिले पाएनन्

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन, पोखरेलका सम्धिले पाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा नियुक्त भएका छन् । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

यस अघि सरकारको बैंकको अध्यक्ष बनाउने गरि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धि प्रा.डा. उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने तयारी थियो । तर पोखरेलका सम्धिलाई अध्यक्ष बनाएकोमा चौतर्फी विरोध तथा आलोचना भएको थियो ।

यसले गर्दा कोइराला विवादित बनेकाले तथा पटक पटक उनी लाभको पदमा पुगेको र उपप्रधानमन्त्री ईश्वर पोखरेलको सम्धि भएको भरमा नियुक्ती पाएको आरोप लागेपछि बैंकको सञ्चालक समितिले उनलाई अध्यक्ष बनाउन सकेको थिए ।

अन्ततः अर्थ मन्त्रालयका सहसचिव समेत रहेका शर्मा अध्यक्षमा चयन भएका छन् । उनले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ पनि लिएका छन् ।

Skip This
Skip This
Logo