प्रविधिको कुम्भमेला क्यान इन्फोटेक शुरु (भिडियोसहित)

प्रविधिको कुम्भमेला क्यान इन्फोटेक शुरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् ।

प्रभु पे क्यान इन्फोटक २०२० को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताएका हुन् । विधेयक पारित नभए डिजिटल कारोबारले पनि बैधता नपाउने उनले बताए ।

यससँगै मन्त्रि वास्कोटाले विद्युतिय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरुलाई कसैले नहेर्ने गरेको आरोप लगाए । विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै उनले व्यंग्यात्मक अभिव्यक्ति दिए ।

बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको पनि बताए ।

बास्कोटाले सरकार निजि क्षेत्रसंग सहकार्य गर्न चाहँदैन भन्ने आरोपप्रति पनि आपत्ति जनाए । साथै सरकारले लगानी नगरे निजि क्षेत्रले मात्र कुनै पनि कार्य गर्न नसक्ने भन्दै आक्रोशित भए । कम्प्युटर एसोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मेलामा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । मेला फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo