काठमाडौं ।
शुक्रबार सुन–चाँदीको मूल्य थोरैले बढेको छ । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय कायम भएकोमा विहिबार २ सयले बढेर ७५ हजार कायम भएको थियो । शुक्रबार (आज) पनि २ सयले नै बढेर ७५ हजार २ सय कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि आज २ सय रुपैयाँले नै बढेर ७४ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।





























प्रतिक्रिया