उखु किसानका समस्या चाँडै समाधान हुन्छ : उद्योगमन्त्री

उखु किसानका समस्या चाँडै समाधान हुन्छ : उद्योगमन्त्री

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताएका छन् । डडेल्धुरामा विहिबार आयोजित कार्यक्रमा उनले भने, “चार/पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले ८०–९० प्रतिशत समाधान भएको छ ।”

अनुदानको रकम हालसम्म सरकाले ७० प्रतिशत भुक्तानी गरिसकेको र केही दिनभित्र यो समस्या पनि समाधान गरिने उनले बताए। उद्योग मन्त्रालयका अनुसार ठूलो चिनी उद्योग अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड भुक्तानी दिन बाँकी छ । यसैगरी लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख र इन्दिरा चिनी उद्योगले ११ करोड २२ लाख भुक्तानी दिन बाँकी छ ।
रासस

Logo