बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसङ्घको माग

बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसङ्घको माग

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरूलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो ।

यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगहरुको विकास विस्तारका लागि सहज वित्तीय पहुँच पुर्‍याउनका लागि आफूहरू तत्पर रहेको अर्थमन्त्रीलाई जानकारी गराएको थियो ।

यस्तै युवा तथा महिला उद्यमशीलताको विकास एवं विस्तार जस्ता विषयमा व्यावसायिक तालीम तथा प्रशिक्षण कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको थियो । प्रतिनिधिमण्डलले व्यक्त गरेका सुझावलाई आफूले सकारात्मकरुपमा लिएको र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरेकाे परिसङ्घले जनाएको छ ।

सरकार सदैव बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने भन्दै उहाँले राष्ट्रको सर्वाङ्गीण विकासका लागि सम्पूर्ण क्षेत्रबाट योगदानको अपेक्षा गरेका थिए ।

Skip This
Skip This
Logo