काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको जनाएको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा २९ पौष २०७६ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको बताएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठका अनुसार बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८ दशमलव ९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूलाई लाभांश वितरण गरिएको छ । हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकीकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ ।
बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।





























प्रतिक्रिया