मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा गत पुस २९ मा थापागाउँ व्याङ्केट, नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।

साधारणसभाद्वारा आ.व. २०७५/०७६ को लागि प्रस्तावित ९ दशमलव ८० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर समेत) र १ दशमलव ७५ प्रतिशत बरावरको बोनस शेयर वितरण गर्ने निर्णय पारित भएको बताइएको छ ।

संस्थाको चुक्ता पूँजी रु. ८०,४०,६०,२१०।– रहेको छ । फाइनान्सले पुस मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन गरेको छ भने ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको बताएको छ ।

सभाले संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणि गौतमलाई आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध चयन गरेको बताइएको छ ।

मञ्जुश्री फाइनान्स काठमाडौँबाहेक नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।

Logo