पर्यापर्यटनमा सहयोग गर्नेछौं : अर्थमन्त्री खतिवडा

पर्यापर्यटनमा सहयोग गर्नेछौं : अर्थमन्त्री खतिवडा

केन्द्रबिन्दु
0
Shares

बर्दिया ।

अर्थमन्त्री डा युवराज खतिवडाले भम्रण वर्ष २०२० को अवसरमा पर्यापर्यटनमा बजेट छुट्याएर आर्थिक सहयोग गर्ने बताएका छन् ।

मन्त्री खतिवडाले जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा भारतसँग समन्वय गरेर भन्सारका नयाँ नाकाको लागि पहल गर्ने बताउँदै बबई नदी तटबन्टधन गर्ने तथा कर्णाली नदी तटबन्धनको लागि बजेट छुट्याउने प्रतिबद्धता गरे ।

उनले बर्दियामा हरित क्रान्ति ल्याउन कृषिखेती, प्रशोधन, उत्पादन र बजारीकरणका लगायतका क्षेत्रलाई बजेट व्यवस्थापन गर्ने बताए । उनले अवैध धन्दा रोक्न भन्सारमा प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा व्यवस्था कडा गर्न अनुरोध गरे । हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्रिने जिल्ला बर्दियाको लागि सङ्घ र प्रदेश सरकारको तर्फबाट पर्यापर्यटनको लागि बजेट छुट्याउने मन्त्री खतिवडाले बताए ।
रासस

Logo