काठमाडौं ।
सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटिएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगैमा स्टरकार्ड, मास्ट्रो तथा सिरिस ब्राण्डका कुनै पनि कार्ड यस बैंकका एटिएममा मा चल्ने छन् ।
नेपाल भ्रमण बर्ष २०२० को सुरुवातसँगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बैंकले लिएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।































प्रतिक्रिया