एटीएममार्फत निकाल्न पाइने रकमको सीमा बढाइएको छ । राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको हो । यसअघि डेबिडकार्डमार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था भएकोमा अब एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो ।
बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी व्यवस्था गरेको हो ।
चिनियाँ ह्याकरहरुले एटीएमह्याक गरी रकम चोरेपछि राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो । त्यस्तै अब वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।





























प्रतिक्रिया