काठमाडौं ।
नेपाली बजारमा आज सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । सोमबारको भन्दा आज २ सय रुपैयाँले बढेर सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन ७३ हजार ५ सय, तेजावी सुन ७३ हजार २ सय र चाँदी ९०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
पुस लागे यता सुनको मुल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ । यसअघि गत भदौ १८ गते पनि सुनको मुल्य तोलामा ७३ हजार ५ सय पुगेको थियो । त्यसयता घट्दै आएको मुल्य तोलाको ७० हजार सम्म झरेको भएपनि अहिले फेरि उकालो लागेको छ ।































प्रतिक्रिया