काठमाडौं । बिहीबार बजारमा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने वृद्धि भएको छ । बुधबार प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।
बुधबारदेखि बजारमा छापावाला सुन प्रतितोला ७२ हजार आठ सय र तेजावी सुन प्रतितोला ७२ हजार पाँच सय रुपैयाँमा भइरहेकाे छ ।





























प्रतिक्रिया