चितवन,
चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधासम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा आएको छ । पुस ४ गते शुक्रबार (आज) बाट सिनेप्लेक्स सञ्चालनमा आएको हो ।
सिनेप्लेक्स सञ्चालकमध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधिसम्पन्न तथा विश्वस्तरको रहेको बताए । ‘यसले भरतपुरको शहरी मनोरञ्जनको परिभाषा पुनर्लेखन गर्नेछ । यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उनले भने, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हाम्रो तर्फबाट भरपूर प्रयास हुनेछ ।’
सञ्चालक चौधरीका अनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन् । स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिए । चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले जानकारी दिए ।
यो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिट लगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरुको दाबी छ ।





























प्रतिक्रिया