राजश्व छलि गर्ने २८ जनाविरुद्ध एक अर्ब ३२ करोड बिगोसहित उच्च अदालतमा मुद्दा दायर

राजश्व छलि गर्ने २८ जनाविरुद्ध एक अर्ब ३२ करोड बिगोसहित उच्च अदालतमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरि राजस्व छलि गर्ने २८ जनाविरुद्ध एक अर्ब ३२ करोड बिगो माग दावी गरि उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरेको छ ।

आयोगले मोहन ट्रेड इन्टरनेशनलका राम किशोर प्रसाद लगायतले विभिन्न २६ वटा फर्मका २८ जना संचालकविरुद्ध मुद्दा दायर गरेको हो । राम किशोर प्रसाद लगायतले कमजोर आर्थिक अवस्था भएका मजदूर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैंक खाता संचालन गरि विभिन्न फर्महरुको नाममा झुटा तथा नक्कली बिक्री बीजक जारी गरि कर छलि गरेको आयोगको दाबी छ ।

ती फर्महरुबाट आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/०७५ सम्म भ्याट तथा आयकर राजश्व चुहावट गरेको आयोगले जनाएको छ । उनीहरु विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार ४३ करोड ८१ लाख ८० हजार ३७८ भ्याट, ८६ करोड ५६ लाख १ हजार ७८५ आयकर र २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ लाभांश कर गरि कुल एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ राजश्व चुहावट गरेको ठहर गरेको छ ।

आयोगले उक्त फर्महरुको मुख्य कारोबारी राम किशोर प्रसाद समेत उक्त विभिन्न फर्मका प्रोप्राईटर २८ जनालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ असुल उपर गरि जरिवाना र कैद सजाय माग दावी लिई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको जनाएको छ ।

Skip This
Skip This
Logo