राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टियर सिताराम हाछेथुबाट प्रदान गरिएको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताउनुभयो । प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई संचेतना कार्यक्रम संचालन गर्न पाउंदा खुसी लागेको बताउनुभयो । उहांले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिनुभएको थियो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको सचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले संचालन गर्नुभएको थियो ।

Skip This
Skip This
Logo