चीनबाट साँढे १७ करोडको ओखर आयात

चीनबाट साँढे १७ करोडको ओखर आयात

केन्द्रबिन्दु
0
Shares

रसुवा,

नेपालमा ओखर उत्पादनमा कमी आएपछि चीनको केरुङबाट १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको छ।

भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार रसुवागढी नाका हुँदै चीनको केरुङबाट चिनियाँ ओखर ०७४ साउनदेखि ०७६ असोज मसान्तसम्म ७ लाख ५० हजार ८ सय ६८ केजी ओखरको यति रकम उठेको हो।

उहाँका अनुसार आयात भएको ओखरमध्ये ७२ दशमलव ५२ प्रतिशत अर्थात् ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ भने २ लाख ६ हजार ३ सय ३२ केजी ओखर नछोडाएको आयात भएको हो।
नेपाल समाचारपत्रबाट

Logo