बैंकबाट कर्जा लिने १४ लाख पुगे

बैंकबाट कर्जा लिने १४ लाख पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

बैंक तथा वित्तीय संस्थावाट कर्जा लिइ उद्योग व्यवसाय गर्ने संख्या बढ्दो क्रममा भए पनि निक्षेपकर्ताको तुलनामा ऋणीको संख्या भने निकै नै न्यून देखिएको छ ।

पछिल्लो वर्षमा मात्र १ लाख ३९ हजार ऋणी थपिँदा ३८ लाख २२ हजार निक्षेपकर्ता बढेका हुन् । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचको अवस्थाबारेमा गरेको अध्ययन अनुसार ०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको जनाएको छ ।

०७५ असार मसान्तमा कर्जा खाताको संख्या १३ लाख १ हजार रहेको थियो । त्यसैगरी ०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको केन्द्रीय बैंकले गरेको अध्ययनले जनाएको छ । सो अध्ययन अनुसार ०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो ।

अध्ययन अनुसार व्यक्तिले बैक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता खोलेको आधारमा वित्तीय पहुँचको मापन गरेको छ । सो विधि अनुसार वित्तीय पहुँचको मापन गर्दा सबै निक्षेप खाता गणना गर्नुको साथै एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता भएमा सो दोहोरोपना हटाउनु पर्छ । ०७६ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार अर्थात कुल जनसंख्याको ९४.१ प्रतिशत निक्षेप खाता रहेको अध्ययनले देखाएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३ हजार ३ सयमा आइपुगेको अध्ययनले औल्याएको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ ।

पछिल्लो समयमा नेपालमा बैंकिङ सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको अध्ययनको निष्कर्ष रहेको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo