लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता

लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लक्ष्मी बैंक र उपाय सर्भिसेस लिमिटेडबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ । उपाय सर्भिसेस लिमिटेड कानुन, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरूद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो ।

यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरू, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरू प्रदान गर्ने जनाएको छ ।

यसका साथै बैंकका कर्मचारीहरूको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरू दिने सम्बन्धी समेत सम्झौता भएको छ । सो सहमति अनुरूप लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेजबीच बैंकका ऋणीहरूले (विशेष गरी साना तथा मझौला) उपायबाट लिने सेवाहरूमा विशेष छुटसहित सहज रूपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युटी सीईओ सुमेद भट्टराई र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे ।

Logo