काठमाडौं ।
कोरोना भाइरसका कारण गत चैत ९ गतेदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र(लाइसेन्स) अनलाइन आवेदन तथा प्रयोगात्मक ट्रायल परीक्षा खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत ०७६ चैत ११ गतेदेखि बन्द गरिएको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आगामी पुस १४ गते मंगलबारदेखि खुल्ला गर्ने जनाएको छ ।
विभागले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी खुल्ला गरिने जनाएको छ । आज विभागले सूचना जारी गर्दै यस्तो जनाएको हो ।
सरकारले सवारी चालक अनु्मतिपत्रका लागि अनलाइन आवेदन र ट्रायल परीक्षा खुलाउने विषयमा अन्योलता कायम नै रहेको थियो ।
यातायातका सेवा अन्तर्गत अन्य क्षेत्रको तुलनामा लाइसेन्स आवेदन, लिखित परीक्षा, र ट्रायल परीक्षा सबैभन्दा बढी भीडभाड हुने भन्दै बन्द रहेका थिए ।






























प्रतिक्रिया