कृषि विकास बैङ्क लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । कृषि विकास बैङ्कको ह्याक गरी रकम चोरी प्रकरणको अनुसन्धानका लागि झालाई पक्राउ गरिएको हो ।
झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झासहित पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
ह्याकरहरुले बैकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेका थिए ।































प्रतिक्रिया