सेन्चुरी कमर्सियल बैकले मकवानपुरको थाहा नगरपालिका ६ स्थित बज्रवाराहीमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बैंकको शाखा कार्यालय बज्रवाराहीले संचालन गरेको कार्यक्रममा सरकारले उपलब्ध गराएको ५ प्रतिशत अनुदानको कर्जाका बिषयमा जानकारी गराइएको थियो । साक्षरता कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित एक सय ५० जना भन्दा बढी स्थानीयको सहभागिता थियो। कार्यक्रममा पशुपालन, पोल्ट्री व्यवसायी, कृषक, दुग्ध व्यवसायी लगायतको उपस्थिती थियो।

बैंकका शाखा प्रमुख राधाकृष्ण लामिछानेले कृषि उपजहरुको उत्पादन वृद्धि गरि कृषिजन्य बस्तुको आयात घटाउने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
बैंकको ११३ वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर, १३ वटा शाखारहित बैंकिङ् सेवा र ६९ वटा एटिएम काउन्टर रहेको छ ।





























प्रतिक्रिया