टायर ट्यूबको आयातमा कर वृद्धि गर्नु गलत- विक्रम सिंघानिया (भिडियोसहित)

टायर ट्यूबको आयातमा कर वृद्धि गर्नु गलत- विक्रम सिंघानिया (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को टायर ट्यूब समितीका सभापति बिक्रम सिंघानियाले नेपालमै टायर ट्यूब उद्योग स्थापना हुनुपर्ने बताएका छन्।

केन्द्रबिन्दु मिडियाले आयोजना गरेको ‘१४ औं नाडा अटो शो विशेष’ राउन्ड टेवलमा आफ्नो धारणा राख्दै सिंघानियाले टायर नै विकासको आधार भएको भन्दै सरकाले यसतर्फ ध्यान दिनुपर्ने बताएका हुन्। शत प्रतिशत टायर ट्यूब आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले भने, “वर्षेनी अर्बौं रुपैयाँ बाहिरिरहेको छ त्यसैले सरकारले नेपाली प्रोडक्टलाई कसरी प्रोत्साहन गर्ने त्यतातिर ध्यान दिन जरुरी छ।”

सिंघानियाले सवारीसाधनका लागि आवश्यक स्पेयर पार्टहरुको उद्योग स्थापनामा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।  देश विकासका लागि स्वदेशमा उद्योगको विकास गर्नुका साथै र यस्तो समानहरुको आयातमा कर बढाउन नहुने उनले बताए ।

थप भिडियोमा 

Skip This
Skip This
Logo