अटो मोवाइल्स एसोसियसन अफ नेपाल (नाडा) को आयोजनामा १४ औं अटो शो मंगलबारबाट राजधानीमा सुरु हुँदैछ । ५ दिन सम्म चल्ने अटो शोमा विभिन्न ९५ ब्राण्डको सहभागिता रहनेछ । यस शोमा सवारी खरिदकर्तालाई ऋण लगायतका वित्तिय सेवा प्रदान गर्न विभिन्न बैंक तथा वित्तिय संस्था प्रदर्शनस्थलमा नै रहनेछन् ।
वर्तमान कानुनी व्यवस्था अनुसार व्यक्तिगत प्रयोजनको लागि नियमित सवारीमा ५० प्रतिशत र विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ तर सवारी खरिदमा बैक अनुसार ऋणको ब्याजदर अवधि तथा अन्य सुविधा भने फरक-फरक छ ।
१. बैक अफ काठमाडौं
नाडा अटो शोमा बैक अफ काठमाडौंको स्टल नं. ई १० मा रहनेछ । बैंकले गाडी खरिद गर्दाे बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्ने जनाएको छ ।
२. नविल बैंक
नविल बैंकले गाडी खरिद गर्दा बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्ने भएको छ । नविल बैंकको स्टल नं. इ २६ मा रहने छ।
३. माच्छापुच्छ्रे बैक
माच्छापुच्छ्रे बैकले १० वर्षको लागि ऋण दिने घोषणा गरेको छ । यो बैकले १०.३७ प्रतिशत प्लस ब्याजदरमा ऋण दिने भने पनि ब्याजदर भने शोको पहिलो दिन जारी गर्नेछ । माछापुच्छ्रे बैक स्टल न. इ को १० मा रहनेछ ।
४. एभेरेष्ट बैक
शोमा स्टल नं. इ ३८मा रहने एभेरेष्ट बैकले ७ वर्षको अवधिको लागि ऋण दिदैछ । ब्याजदर भने बैकले शोको पहिलो दिन सार्वजनिक गर्नेछ ।
५. सानिमा बैक
सानिमा बैकको स्टल इ १९ मा रहनेछ भने यस बैकले ९ वर्षको अवधिको लागि ऋण दिदैछ । यो बैकले पनि ब्याजदर शोको पहिलो दिन नै सार्वजनिक गर्नेछ ।
६. एनआइसी एसिया बैक
स्टल नं. इ २७ मा रहने यो बैकले धितोमा १५ वर्ष र विना धितो ८ वर्षको लागि ऋण दिदैछ भने ब्याजदर शोको पहिलो दिन सार्वजनिक गर्नेछ ।
७. जनता बैक
स्टल नं. इ २८ मा रहने यो बैकले ७ वर्षको लागि ऋण दिदैछ । ब्याजदर शोको पहिलो दिन सार्वजनिक गर्नेछ भने मर्जर प्रकृयामा रहेको ग्लोबल आइ एम इ पनि सगैं रहनेछ
८. हिमालयन बैक
स्टल नं. इ ४ मा रहने यो बैकले ८ वर्ष अवधिको लागि ऋण दिदैछ । ब्याजदर प्रदर्शनीको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ ।
९. लक्ष्मी बैक
स्टल नं. इ २१ रहने लक्ष्मी बैकले ९ वर्षको अवधिको लागि ऋण दिदैछ । यो बैंकले पनि ब्याजदर शोको पहिलो दिन सार्वजनिक गर्नेछ ।
१०. सिभिल बैक
स्टल नं. इ १० मा रहने यो बैकले बढीमा ७ वर्षको लागि ऋण दिने जनाएको छ । सिभिल बैकले ११.११ प्रतिशत ब्याजदरमा नै गाडी किन्नेहरुको लागि ऋण उपलब्ध गराउदैछ ।





























प्रतिक्रिया