काठमाडौं,
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष (२०७४/७५) मा १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आर्थिक वर्ष (२०७५/७६) मा १० अर्ब २० करोड ८१ लाख मात्र आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको नाफामा ४८.६१ प्रतिशतले गिरावट आएको हो ।
टेलिकमले बिहीबार प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्षको नाफा सवा ७ अर्ब रुपैयाँले कम रहेको उल्लेख छ । टेलिकमले मोबाइल सेवाको नवीकरणवापत गत वर्ष ४ अर्ब रुपैयाँ बुझाएकाले पनि मुनाफामा कमी आएको देखिएको हो ।
तर समग्रमा कम्पनीको वित्तीय अवस्था पनि सन्तोषजनक भने छैन । टेलिकमको नाफा घट्नुमा समयसापेक्ष सेवा विस्तार गर्न नसक्नु, अन्तर्राष्ट्रिय कलवाट हुने आम्दानी घट्नु, एडीएसएल र फिक्स्ड लाइनका ग्राहक घट्नुका साथै मोबाइल लाइसेन्स वापतको शुल्क भुक्तानी नै मुख्य कारण रहेका छन् । कम्पनीले सेवाबाट गर्ने आम्दानीमा ठूलो गिरावट आएको छ ।
कारोबारबाट





























प्रतिक्रिया