क्वाँटी खाँदा फाइदै फाइदा 

क्वाँटी खाँदा फाइदै फाइदा 


आज जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो क्वाँटी । यसले थकित शरीरमा ऊर्जा संचार गर्छ भने चिसो पनि भगाउँछ ।

स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ ।

फाइदाहरु 

-रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ ।

-यसले मधुमेह नियन्त्रण राख्न  सहयोग गर्छ ।

-रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

-कोलस्टेरोल नियन्त्रण गर्छ ।

-शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

-स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ ।

-रक्त संचार तथा स्नायुप्रणालीलाई फाइदा पुग्छ ।

-बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्‍याउछ ।

-पाचनशक्तिमा सुधार आउँछ ।

-उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।

 

Logo